ओछ्यानमा परेको बाउको शिरानमा बसेर बाउको लागि औषधि निकल्दै गरेको कान्छो छोरा लाई कसैले सोध्यो ``बाबू अचेल के गर्दै छौ त´´ छोरा बोल्न नपाउदै बाउ ले भने ``दाजु उता अष्ट्रेलिया छ, दिदी उता अमेरिका,कान्छी बैनी जापान तिर छ तर यो लन्ठुले केही गर्न सकेन´´ छोरा केहि बोलेन दाहिने हातले बाउको टाउको उठाइ राता निला दबाइको गोलि मुखमा राखी पानी खुवाइदियो। बुढाले औषधि खाय! के थाहा बिचरा ती रोगी अनि बुढेसकाल का ती बुढा बाउलाइ सम्पतीले साहारा दिदैन भनेर ?
0 Comments